बलात्कारका अधिकांश घटनामा आफन्तको संलग्नता


गोकुल घोरसाइने । बाराबारा जिल्लामा पछिल्लो पटक भएका जवरजस्ति करणीका अधिकांश घटनामा आफन्तको संलग्नता पाइएको छ ।
जिल्लामा अघिल्लो चार महिना यता भएका ६ वटा घटनामा आफन्त र परिवारका सदस्यहरुको संलग्नता पाइएको हो । यो अवधिमा निजगढ नगरपालिकामा ४ र जितपुरसिमरा उपमहानगरपालिकामा बलत्कारका २ घटना भएका थिए ।

पछिल्लो पटक निजगढ नगरपालिका–११ रतनपुरीमा नातामा फुपुको छोरा पर्ने एक किशोरले सात वर्षीया बालिकालाई बलत्कार गरेका छन । घरकै चोटाकोठामा बसेको बेला किशोरले बालिकामाथि जवरजस्ति गरेका थिए । त्यसैगरी निजगढ नपा ४ कछडिया टोलकी १२ वर्षीया किशोरीलाई पटकपटक बलत्कार गर्दै आएको आरोपमा छिमेकी ४० बर्षिय मिनबहादुर माझी र १७ बर्षिय छोरा निकेश असार ११ मा पक्राउ परे । अनुसन्धानको क्रममा बाबु छोराले बालिकालाई डेढ बर्षअघि देखि बलत्कार गर्दै आएको खुलेको इलाका प्रहरी कार्यालय बाराले जनाएको छ ।

गत बर्ष आमाले दोस्रो विवाहा गरेर अन्तै गएको र बाबु पनि वैदशिक रोजगारीमा रहेकाले हजुर आमाको घरमा एक्लै बस्दै आएकी बालिकालाई बाबुछोराले बलत्कार गर्दै आएका हुन । बालिकाको हजुर आमाको पनि गत पुषमा निधन भएको थियो । अदालतको आदेशपछि पुर्पक्षको लागि मिनबहादुरलाई वीरगंज कारागार जचान गरिएको छ भने छोेरा निकेशलाई सुधार गृह पठाइएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरक्षक विक्रम लामाले जानकारी दिनुभयो । छोरीलाई एक महिनाअघि देखि बलत्कार गर्दै आएको आरोपमा प्रहरीले निजगढ ९ मा ५० बर्षिय बुबालाई जेष्ठ ७ गते पक्राउ गरेको छ । आफनै १४ वर्षीया छोरीमाथि करणी गरेको आरोपमा पक्राउ परेका उनलाई पनि जिल्ला अदालत बाराको आदेशमा पुर्पक्षको लागि कारागार पठाइएको छ ।

त्यसैगरी निजगढ नपा–३ सिगौंलकी ७७ वर्षीया एक बृद्धालाई बलत्कार गरेको आरोपमा गत बैशाखमा पक्राउ परेका स्थानीय ५० बर्षिय धनबहादुर वल पनि पुर्पक्षमा थुनाको क्रममा हाल वीरगंज कारागारमा छन ।

त्यसैगरी जितपुरसिमरा उपमहानगरपालिका १६ टाँगियावस्तिमा ११ वर्षीया बालिकालाई नातामा मितेरी मामा पर्ने घरछेउकै ३१ वर्षीय हीरामान मोक्तानले पटकपटक बलत्कार गरेका छन । घरमै बोलाएर बालिकालाई बलत्कार गर्ने गरेको सुचना पाएपछि गाउँलेले समातेर मोक्तानलाई प्रहरीको जिम्मा लगाएका थिए ।

साउन ४ गते पक्राउ परेका मोक्तान हाल अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय निजगढको हिराशतमा छन । जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहाकी १७ वर्षीया किशोरीलाई पनि होटलमा पुर्याएर सामुहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ । किशोरीलाई होटलकी साहुनी ४० बर्षीया आमा पुर्णीमा राय कुर्मी र २१ बर्षिया छोरी सिताले ललाइफकाई पथलैयास्थित होटल संगालो एण्ड गेष्ट हाउसमा नशालृु पदार्थ सेवन गराइ बन्दक तुल्याएर बलत्कार गरेको प्रहरीको भनाई छ । असार २२ गते घरबाट निस्केकी ति किशोरी तिन दिनपछि सिमरास्थित अल्पाइन अस्पतालमा घाइते अवस्थामा फेला परेकी थिइन ।

उनलाई जितपुरका २० वर्षीय विशालकुमार गुप्ता र मकवानपुर घर भई नेपाली सेनाको चण्डीगण वीरगन्जका लेखापालका रुपमा कार्यरत दुर्गा तिमल्सिनाले बलात्कार गरेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले जानकारी दिनुभयो ।