लुटपाटमा संलग्न मुख्य अभियुक्त लागूऔषधसहित पक्राउ

0
Shares

भक्तपुर । लुटपाट गरेर फरार रहेका एकजनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा सिन्धुलाल्चोक राम्चे ७, घर भएका हाल काठमाण्डौको थानकोट बस्ने २९ वर्षीय पदम तिमिल्सिना रहेको प्रहरीले जनाएको छ ।

तिमिल्सिनालाईृ महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि १, लोकन्थलीबाट लागू औषध डाइजोपाम,नोफिन र फेनारगन ६ सेट तथा मोबाइल ४ थानसहित शनिबार पक्राउ गरेको छ ।

तिमिल्सिनाले २०७५ साल असोज २४ गते भक्तपुरको सल्लाघारीमा रहेको आईएमई रेमिटबाट दुईलाख रुपैयाँ निकालेर निकोसेरातर्फ आउँदै गरेकी जया कोइरालाको साथबाट चांगुनारायण नपा २ दुवाकोटको हनुमन्ते पुल क्रस गर्ने क्रममा दुई लाख रकम र मोबाइल लुटेर फरार भएका थिए । लुटपाटमा संलग्न रहेका तीन जनामघ्ये तिमिल्सिना फरार भएका थिए भने अन्य २ जना सुजन तामाङ र पबिन तामाङ पक्राउ परीसकेका छन् ।

पक्राउ परेका तिमिल्सिना लागुऔषध, पाकेटमारी, कुटपिट तथा ठगीमा समेत संलग्न रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।