बालिका बलात्कार अभियोगमा १ पक्राउ


भोजपुर । भोजपुरमा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका– २ का १३ वर्षीय वालकले आमचोक गाउँपालिका की बालिका बलात्कार गरेको आरोपमापक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

गएको साउन १५ गते घर नजिकै रहेको जंगलमा बालिका गोठालो गएको मौका पारेर उनले बालिकामाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएपछि उनलाई प्रक्राउ गरेको प्रहरीको भनाई छ ।

पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।आरोपीलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।बलात्कार गर्ने पनि बालक रहेकोले प्रहरीले नाम भने गोप्य राखेको छ ।