तनहुँबाट विप्लवका २ कार्यकर्ता पक्राउ


तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका दुईजना कार्यकर्ता पक्राउ परेका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका ३ का ४६ वर्षीय गणेश थापा क्षेत्री र घिरिङ गाउँपालिका २ का ३६ वर्षीय धनबहादुर रानालाई  शुक्रवार राति  आ–आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।