मोटरसाइकल र ट्रक आपसमा ठोक्किदाँ १ को मृत्यु


चितवन । चितवनको भरतपुरमा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किदांँ एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाइकल पछाडी बसेका नवलपरासी रामग्रामका मिदेश नेपालको मृत्यु भएको छ । उपचारका क्रममा भरतरपुर अस्पतालमा राती १०ः५५ बजे उनको मृत्यु भएको हो । मोटरसाइकल चालक निदेश नेपाल भने घाइते भएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सेती दोभानमा मोटरसाइकल र ट्रक शुक्रबार राति साढे १० बजे आपसमा ठोक्किदांँ मिदेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।