सिटीइभीटी वर्गीकृत छात्रवृत्तिका ४ परिक्षार्थी पक्राउ


जनकपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सञ्चालन गरेको वर्गीकृत छात्रवृत्ति परीक्षामा उपस्थित भएका ३ छात्रा सहित एक छात्रलाई परीक्षाबाट निष्कासन गरिएको छ ।

सिरहाकी रिंकी यादव, धनुषाकी रुबीकुमारी यादव, रौतहटकी सम्झना साह र सप्तरीका रामानन्द यादवलाई नियमविपरित मोवाइल प्रयोग गरेर चिट चोरेको अनुगमनकर्ताले देखेपछि परीक्षाबाट निष्कासन गरिएको प्रहरीले जनाएको छ । जनकपुरस्थित सकल भवन कन्या माध्यमिक विद्यालयबाट परिक्षा दिदै गर्दा उनीहरुल पक्राउ परेका थिए ।

पक्राउ परेका ४ जना परिक्षार्थीसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।