अज्ञात समूहद्वारा वडा कार्यालयमा सिलिन्डर विस्फोट


रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका ३ को वडा कार्यालयमा अज्ञात समूहले ग्यास सिलिन्डर विस्फोट गराएका छन् । वडा कार्यालयभित्र राखिएको ग्यास सिलिन्डर छानाको जस्ता निकाली शनिबार बिहान करिब २ः३० बजे विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

वडाध्यक्षको कार्यकक्षमा रहेको कम्प्युटर तथा कागजातहरू बाहेक अन्य कोठामा राखिएका कम्प्युटर, दराज तथा कागजपत्र भने जलेर नष्ट भएका छन् ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।