१२ जिल्लामा गरिब पहिचान शुभारम्भ

0
Shares

अमृत अर्याल, स्याङ्जा ।
नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अबको तिन बर्षमा गरिबीलाई शुन्यमा झार्ने सरकारको लक्ष्य भएको बताउनुभएको छ । गरीब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमको थप १२ जिल्लाका लागि स्याङ्जाबाट शुभारम्भ गर्दै मन्त्री अर्यालले अबको तिन बर्ष पछि गरिबीको तथ्याङ्क नदेखिने बताउनुभएको हो ।

२६ जिल्लामा लागु भएको गरिब घर परिवार पहिचान संकलनको कार्यक्रम मन्त्री अर्यालले आफ्नो गृह जिल्ला स्याङ्बाट १२ जिल्लाका लागि शुभारम्भ गर्नुभएको छ । शुभारम्भ गर्दै मन्त्री अर्यालले विगतका बर्षहरुमा विना लक्ष्य र विना पहिचानका आधारमा कार्यक्रम संचालन गरिएकाले प्रभावकारी हुन नसकेको बताउनुभयो । सरकारले अहिले कम्प्युटरबेस बाट घर—घरमा पुगेर पहिचानको संकलन कार्य अगाडी बढाएकाले यो कार्यक्रम प्रभावकारी हुने विश्वास मन्त्री अर्यालको छ । नागरिक गरिब जन्मसिद्ध हुने होइन् मन्त्री अर्यालले भन्नुभयो,“ अशिक्षा, पछौटेपन, सामाजिक संस्कार लगायतका कारण गरिब बन्ने पक्ष हुन् ।” तात्पर्यता, धैर्य, चेतनाले नै जिवन बदलिने भएकाले जानेबुझेका व्याक्तिले चेतना थपिदिने दायीत्व बहन गर्नुपर्नेमा मन्त्री अर्यालको जोड थियो ।

यो कार्यक्रमले स्थानीय, प्रदेश सरकारलाई समेत सघाउ पुग्ने मन्त्री अर्यालले बताउनुभयो । १७ प्रतिशत गरिबीको तथ्याङ्कबाट अहिले १३ प्रतिशतमा झरिसकेको बताउदै मन्त्री अर्यालले अबको तिन बर्षमा गरिबीलाई शुन्यमा लैजाने बताउनुभयो । नेपाली जनतालाई आर्थिक, सामाजिक रुपमा समृद्ध बनाउने लक्ष्यका साथ सरकार अगाडी बढेको बताउदै मन्त्री अर्यालले यस कार्यमा प्रतिपक्षीदल र नेपाली जनताले सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । प्रजातन्त्र र लोकतन्त्र प्राप्तीका लागि धेरै संघर्ष गरेर गणतन्त्र सम्म आईपुग्दा पनि नेपाली जनतालाई विकासको राहत दिन नसकेकोमा हामीले गरेका आन्दोलनको उपलव्धी नहुने मन्त्री अर्यालको भनाई थियो ।

गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम आबबाट ताप्लेजुङ्, धनकुटा, महोत्तरी, काभ्रे, रसुवा, म्याग्दी, लमजुङ्, बाँके, दैलेख, डडेलधुरा, दार्चुला र स्याङ्जामा एकै साथ शुभारम्भ भएको छ । पहिलो चरणमा २६ जिल्लामा शुरु भएको थियो भने दोस्रो चरणमा १२ जिल्लामा शुरु गरिएको मन्त्रालयले जनाएको छ । बाँकी ३९ जिल्लामा छिट्टै शुभारम्भ हुने मन्त्री अर्यालले बताउनुभयो । स्थानीय सरकारले तथ्याङ्क संकलनमा आवश्यक सहयोग गरिदिन पनि मन्त्री अर्यालको आग्रह छ ।

कार्यक्रममा गण्डकी प्रदेशका विद्यायन समितिका सभापति मोहन रेग्मी, संविधान सभाका सदस्य टेकु नेपाली, वालिङ नगरपालिकाका कार्यबहाक नगर प्रमुख कल्पना तिवारी, गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारी, अर्जुनचौपारी गाँउपालिकाका अध्यक्ष दिर्घनारायण अर्याल, प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, नेकपाका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, नेपाली काँग्रेसका प्रतिनिधि सरस्वती तिवारी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, जिल्ला समन्वयका कार्यबहाक प्रमुख गुमानसिंह थापा लगायतका बक्ताहरुले सरकारले ल्याएको यो कार्यक्रम अत्यन्तै राम्रो रहेको बताउनुभएको थियो ।

कार्यक्रमलाई प्रभावकारी बनाउन बोल्ने बक्ताहरुले सरकारकालाई आग्रह गर्नुभएको थियो । मन्त्री अर्यालले शुक्रबार जिल्लाको भीरकोट नगरपालिका वडा नं ६ स्थित जनजागरण महिला आमा समुहद्धारा नवनिर्मित सामुदायीक भवनको समेत उद्घाटन गर्नुभएको थियो ।