राहदानीबाट दुई करोड बढी राजश्व संकलन

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा आर्थिक वर्ष ०७५/७६ को अवधिमा राहदानीबाट दुई करोडभन्दा बढी रुपैया राजश्व संकलन भएको छ । अघिल्लो आवको तुलनामा यो रकम ५५ लाखभन्दा बढी हो ।

आर्थिक वर्ष ०७५÷७६ को अवधिमा दुई करोड ३५ हजार दुईसय ५० रुपैया संकलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको तथ्याँक अनुसार सो अवधिमा पाँच हजार ८० जनाले राहदानी लिएका छन् । जिल्लाबाट तिन हजार सातसय ९८ जनाले साधारण सिफारिसमा राहादानी दिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताउनु भयो उहाँका अनुसार सोही अवधिमा द्रुतसेवाको प्रयोग गरी एकहजार दुईसय ८२ जनाले राहदानी लिने काम गरेका छन् ।

जिल्लामा राहदानीबाट अघिल्लो आर्थिक बर्ष ०७४/७५ को अवधिमा एक करोड ७९ लाख ९० हजार रुपैया राजश्व सँकलन भएको थियो । त्यो भन्दा पछिल्लो आवमा ५५ लाख ५५ लाख १० हजार दुई सय ५० रुपैयाँ बढी रकम संकलन भई दुई करोड ३५ हजार दुईसय ५० रुपैया संकलन भएको हो ।

त्यस आर्थिक वर्षमा जिल्लाबाट तिन हजार चारसय २४ जनाले साधारण सिफारिस र एकहजार सातसय ६९ जनाले द्रुत सिफारिसमा राहदानी लिएका थिए । यस्तै आर्थिक वर्ष २०७३÷७४ मा भने राहदानीबाट एक करोड, ८१ लाख ७० हजार रुपैया राजश्व सँकलन भएको जिल्ला प्रशासन कार्यालयको तथ्याँकमा उल्लेख छ ।