पिङ खेल्ने डोरी घाटिमा बेरिएर बालिकाको मृत्यु

0
Shares

अनिल खत्री, गुल्मी ।
गुल्मीमा एक बालिकाको पिङ्ग खेल्ने डोरी घाटिमा बेरिएर मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ भिरखानी निवासी ८ वर्षिय सन्ध्या परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताउनु भयो ।

घरमै खेल्नका लागि बनाइएको पिङ्गको डोरी घाटिमा बेरिदाँ बालिका घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानिय मेडिकलमा उपचारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बालिकाको सवलाई पोष्ट मार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइदैँ छ ।