बैतडीमा बेवारिसे शव भेटियो

0
Shares

बैतडी ।
बैतडीमा आज एक वेवारिसे अवस्थामा शव फेला परेको छ । पाटन नगरपालिका वडा नं ६ भिटाचौपाता भन्ने भिरमा एक पुरुषको शव फेला परेको हो ।

अन्दाजी ४० बर्षीय पुरुषको शव भिरमा अड्किएको अवस्थामा फेला परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । शव भिरमा अड्किएको अवस्थामा रहेकोले पहिचान हुन नसकेको उहाँले बताउनुभयो । अड्किएको शव निकाल्ने प्रयास थालिएको प्रहरीले जनाएको छ ।

आज बिहान घाँस काट्न गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।