सिरहामा मलखाद्यको अभाव, किसानलाई सास्ती

0
Shares

सुभेन्द्र दास, लहान ।
धान रोपाइँ अन्तिम भइरहँदा सिरहामा डिएपी ९रासायनिक मल० को अभाव भएको छ । कृषि साग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको छ । यता, साल्ट ट्रेडिँगले आज वितरण गरेको डिएपी मल लिनेको भिड् लागेको छ ।

धान रोपाइँ अन्तिम हुन लाग्दा मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा मलको अभाव भएको कम्पनी लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईले जानकारी दिए ।

सिरहामा ३० हजार बोरा डिएपी चाहिएकोमा १६ सय ८० बोरा आज वितरण गरिन लागेको साल्ट ट्रेडिँग लहानका प्रमुख जितेन्द्र साहले बताए । यसअघि दुई हजार ५०० बोरा मात्र डिएपी कृषि सामग्री कम्पनी लहानले वितरण गरेको हो । डिएपी मलको अभाव भए पनि युरिया मल पर्याप्त रहेको छ । विभिन्न स्थानीय तहमा रहेको डिलर सहकारी संस्थालाई युरिया र डिएपी मल वितरण गर्न शुरु गरेको छ । डिलर रहेका सहकारी संस्थामार्फत साल्ट ट्रेडिँग लहान र कृषि सामग्री कम्पनीले गाउँगाउँका किसानलाई मलखाद्य बिक्री वितरण गर्दै आएको छ ।

मलखाद्य लिन लाईनमा रहेकी लहान ९ की निर्मला दासले ‘अढाई विघा धानखेतमा एक बोरा डिएपीले के हुन्छ रु’ साल्ट ट्रेडिँगले प्रति किसानलाई एक बोरा डिएपी उपलब्ध गराउँदै आएको छ ।

पहिलो चरणमा १ सय सहकारीलाई प्रतिसहकारी ३० बोराका दरले उपलब्ध गराउने र थप मल आएपछि क्रमशः वितरण गर्ने क्रमलाई निरन्तरता दिने भएको छ । डिएपी प्रतिबोरा रु दुई हजार १८८ र युरिया रु ७३८ का दरले सहकारी संस्थालाई बिक्री गर्दै आएको छ ।

यसैबीच, सहकारी सँस्थालाई उपलब्ध गराउँने खाद्य मँहगो गरी किसानले पाउँने गरेको छ भने कति सहकारीले यहाँ लिएका खाद्य रातारात भारत पुरयाउँने गरेको छ । नेपालमा रहेको डिएपी मल भारत भन्दा तीन गुणा राम्रो रहेको छ । जहाँ भारतीय मल चार बोरा छरिने ठाउँमा नेपालमा उपलब्ध हुने खाद्य एक बोराले पुग्ने गरेको दावी छ ।