बसको छतमा पुरुषको शव

0
Shares

बुटवल । बुटवलको नयाँबसपार्कमा पार्किङ गरिरहेको बसको छतमा एक पुरुषको शव फेला परेको छ । साउन २ गतेदेखी पार्किङ गरिराखेको लु १ ख ६१३७ नम्बरको बसको छतमा गुल्मी चन्द्रकोटका अन्दाजी ३५ वर्षीय दिपक थापाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव सडेको हुनाले धेरै दिन भएको हुन सक्ने अनुमान गरिएको छ । मृतक थापा नयाँ बसपार्कमा बसलाई यात्रु खोजिदिने र केही पैसा मागेर खाने गरेका थिए । घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराइले बताउनु भयो ।