बलु हत्यामा संलग्न डंगोरीयामा पक्राउ

0
Shares

तिलोत्तमा ।
रुपन्देहीको देवदह नगरपालिका वडा नं. ४ भवानीपुरका बसन्त पौडेल (बलु) हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ओमप्रकाश चौधरी भन्ने चौधरी डंगोरीया थारुलाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. १७ मनहरापुरका ५१ वर्षय डंगोरीयालाई प्रहरीले बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

डंगोरीया गुण्डा नाईके मनोज पुनको साथी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डंगोरीया उपर व्यक्तिहरुसंग लुटपाट गर्ने गरेको तथा व्यक्तिलाई बन्धक बनाई रकम असुली गर्ने जाहेरी प्रहरीलाई आएको पनि प्रहरीले जनाएको छ । डंगोरीयालाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बाट पक्राउ गरिएको र डाँका मुद्धामा मुद्धा दर्ता गरि अदालतबाट म्याद थप लिई आवश्यक अनुसन्धानको काम अंगाडी बढाईएको प्रहरीले जनाएको छ ।