बेपत्ता किशोर मृत अवस्थामा फेला


बैतडी । बिगत ३ दिनदेखि बेपत्ता रहेका बैतडीका एक किशोर शुक्रवार मृत अवस्थामा फेला परेका छन् ।  दशरथचन्द नगरपालिका ६ नगतडीका  १८ बर्षीय दीपक महर मृत अवस्थामा फेला परेका हुन् ।

किशोरको शव शुक्रवार बेलुका दशरथचन्द नगरपालिका ६ कन्सनीगाड खोलामा फेला परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।  ।  मृतक किशोर यही साउन १४ गतेबाट बेपत्ता रहेका थिए । साउन १४ गते साँझ सदरमुकाम गोठलापानीबाट घर फर्केका किशोर बेपत्ता भएका हुन् ।

मृतकको शव परिक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेका घटनास्थलमा रहेका प्रहरी निरीक्षक पातलीले बताउनुभयो । महरको मृत्युको कारण भने खुल्न सकेको छैन् ।  घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।