पानी ट्यांकीभित्र बालकको शव फेला


काभ्रेपलाञ्चोक। काभ्रेमा पानी ट्यांकीभित्र एक १५ महिनाको बालकको शव फेला परेको छ । चितवनको राप्ती नगरपालिका स्थायी घर भएर बनेपा–६ बुडोलमा डेरा गरि बस्ने धुव्र खरेलेको १५ महिनाको छोरा अभिनव खरेलको शव मृत अवस्थामा फेला परेको प्रहरीेले जनाएको छ । । अभिनव शुक्रवार बिहानै हराएका  थिए ।

प्रहरीले बालकको खोजी गर्ने क्रममा ट्याक्कीभित्र हेर्दा बालक मृत अवस्थामा फेला परेका हुन् ।

घटना कसले र किन गरायो भन्ने नखुलेको बताउदै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।