कुहिएको अवस्थामा १ युवकको शव फेला


बुटवल । बुटवलको बसपार्कमा रोकिराखेको बसको छतमा एक युवकको शव भेटिएको छ । मृतक गुल्मी चन्द्रकोट गाउँपालिका ३ का ३५ वर्षिय दीपक थापा रहेको प्रहरीले जनाएको छ ।

लु १ ख ६१३७ नम्बरको बसको छतमा थापाको शव शुक्रबार प्रहरीले फेला पारेको हो । बसपार्कमा बस्दै आएका थापाको शव कुहिएको अवस्थामा भेटिएको छ ।

यसबारे थप अनुसन्धना जारी रहेको प्रहरीले जनाएको छ ।