नख्खु कारागारमा कैदीबन्दीबीच झडप, १ को मृत्यु


काठमाडौँ । ललितपुरको नख्खु कारागारमा शुक्रबार दिउँसो कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजी रहेको प्रहरीले जनाएको छ ।

उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । ज्यान मुद्दाका कैदी तपन महतोले इँटाले टाउकोमा प्रहार गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार पूर्णबहादुर करणी मुद्दाका दोषी हुन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।