मुगु । सुन्दा अनौठो लाग्ने मुगु जिल्ला छायानाथ रारा नगरपालिका अन्तरगर्त रहेको बालै गाँउका मानिसहरुले छोरी,बुहारी र महिलाहरु महिनावारी भएको समयमा धारामा नुहाउँछन् भनेर धारामा मन्दिर निर्माण गरेका छन् ।
छायानाथ रारा नगरपालिका वडा नम्बर ६ बालै गाँउका स्थानिय बासीहरुले १ सय २० भन्दा बढी घर घुरी रहेको बस्तीमा पुर्खादेखी चल्दै आएको खानेपानी धारामा महिलाहरु महिनावारि भएको समय धारामा ननुहाउन भनेर त्यसको रोकथामको लागि धारामा मन्दिर बनाई दिएका छन् ।
महिनावारी भएकाहरुले पहिले त्यहि धाराको प्रयोग गर्ने गरेको भएपनि त्यहाँ घण्ट, ध्वजा, त्रिशुल राखेर मन्दिर बनेपछि धारामा छाउ भएको १ हप्ता पछि मात्र जाने गर्न थालेका छन् भने धारामा घरको भान्साको जुठो भाडाकुडा पनि धुन लान छाडेका छन् । मन्दिर अघि भाडा धोए वा छाउ भएकाहरुले धारा प्रयोग गरे गाउँमा अशुभ हुने, भोकमरी लाग्ने विश्वास छ ।
छाउ भएको समयमा धारामा नुहाउन गएपछि महिला बिरामी हुने, अशुभ हुने, धाराबाट बगेको पनि भुत बस्ने ठाँउमा जान्छ, पेट दुख्ने, भान्सामा पकाएको सबै भात भुतले खाने जस्ता पुरातनवादी विश्वासको कारण कोहि पनि महिलाहरु छाउ भएको बेला धारामा नुहाउन जाने गरेका छैनन् ।
यता छायानाथ रारा नगरपालिकाको उपप्रमुख सुन्तला रोकायाले छाउ महिलालाई धारामा रोक्ने उद्देश्यले मन्दिर बनेको प्रति आक्रोशित भइन् उनले सृष्ठी सन्चालन गर्नको लागी महिलाको उत्पति भएको भन्दै छाउ हुनु महिलालाई प्रकृतिले दिएको नियम भएको बताइन् । उनले धारामा ननुहाँए कहाँ नुहाउने भन्दै यस्तो दमन महिला माथि भएको भए एकपटक अनुगमन गरेर समस्यालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
उनले सरस्वाति, देवी, माई पनि महिलानै भंएको भन्दै यीउनीहरुलाई सम्मान गर्ने तर महिलालाई छाउ भएको समयमा बिभेद हुनुले सबैभन्दा पनि स्थानिय बासिहरुको आत्म बिशुवास परिवतन हुनु पर्ने र महिला माथिए भएको बिभेद मार्थि लडिरहने नगर उपप्रमुख रोकायाले बताएकी छन ।
प्रतिक्रिया