सर्लाहीमा बागमतीको नदी कटान तीव्र

0
Shares

पुष्पा थापा, सर्लाही ।
सर्लाहीको बरहथवा नगरपालिका १ हजरीयामा बागमती नदीले दैनिक खेतीयोग्य जग्गा कटान गरिरहेको छ । बागमती नदीले धार परिवर्तन गरेर दैनिक २,३ बिगाहाको दरले खेतीयोग्य जग्गा कटना गरिहेको स्थानियले बताएका छन।

असार २५,२६ र २७ गते बागमती नदीमा आएको बाढीले बाँध तट्बन्ध भत्तकाएपछि खेति योग्य जग्गा कटानमा परेको बरहथवा नगरपालिका १का वडाध्यक्ष रत्तनबहादुर गिरीले जानकारी दिनुभयो।नदी कटान रोक्न बनाएका तट्बन्ध र बालुवाका स्पर भत्तकाएपछि खेतीयोग्य जग्गा कटानमा परेको हो। नदीमा पानीको बहाव निकै रहेकाले अहिले पनि त्यस ठाउमा जमिन कटान भैइरहेको र नदीलाइ सबिकको ठाउमा पुर्याउन समस्या रहेको बरहथवा नगरपालिकाका उपप्रमुख सितादेवी माझीले जानकारी दिनुभयो।

त्यस ठाउमा अहिले नदी कटान रोक्न बरहथवा नगरपलिका र बागमती लालबकैया नदी नियन्त्रण आयोजना बारा प्रवानिपुरले अस्थायी स्पर निर्माणको काम धमाधम गरि रहेको छ।बागमती नदीलाइ पुरानै ठाउमा फर्काउन करिव चार करोड भन्दा वढी रकम खर्च गर्नु पर्ने बरहथवा नगरपालिकाका इन्जिनियर रोशन चौधरीले जानकारी दिनुभयो।

बागमती नदीले खेतीयोग्य जग्गा कटान नरोकिएपछि बिहिबार बरहथावा नगरपालिकाका उपप्रमुख सितादेवी माझी,योजना अनुगमन शाखाका प्रमुख होमबहादुर थापा,नगरपालिकाका कानुनी सल्लाहकार महेश बराल,इन्जिनियर रोशन चौधरी लगायतले नदी कटान तथा प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन।

उहाहरुले तत्कालै त्यसठाँउको नदी कटान नरोके आगामी दिनमा बरहथवा नगरपालिका सहित बसरवरिया गाउपालिका, धनकौल गाउपालिका, रामनगर गाउपालिका र बलरा नगरपालिकामा बाढी र डुबानको उच्च जोखिम पर्ने बताएका छन । बागमती नदीले धार परिवर्तन गरेर बहाव पूर्व तर्फ मोडिएपछि खर्सालघाटका किसानले लगाएको सैयौं बिघा जमिनको धान, मकै, उखु, दलहन बाली पूर्णरुपमा नष्ट भएको छ। नियन्त्रणका लागि विभिन्न कार्यालयमा पटक–पटक गएपनि रोकथामका लागि कुनै सुनुवाई नभएको स्थानीयको भनाइ छ।बाढी यता बागमती नदीले झण्डै दुई किलोमिटर लामो खेतीयोग्य जमिनलाइ बगमरमा परिणत गरेको छ ।