समाजवादी पार्टीका नेतामाथि गोली प्रहार


बुटवल । कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि बिहीवार दिउँसो गोली प्रहार भएको छ । कपिलवस्तुको लवनीबाट पकडी जाँदै गरेका नेता रामनयन यादवमाथि मोटरसाइकमा आएका दुई अज्ञात व्यक्तिले दिउँसो २ बजे शुद्धोधन ६ टिटिरियामा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

यादवको देब्रे पाखुरामा गोली लागेका छ । उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उमेदवार थिए।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।