कलंकी गोलीकाण्ड : खनालबाट बरामद हतियार जाँचको नतिजा ‘नेगेटिभ’


काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली चलेको घटनामा अनुसन्धानको दायरामा रहेका छिमेकी एवं पूर्वइञ्जिनियर शुभांकर खनालबाट बरामद गरिएको लाइसेन्स प्राप्त हतियारबाट गोली नचलेको फरेन्सक जाँचबाट खुलेको छ ।

सामाखुशीस्थित केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा गरिएको ब्यालेस्टिक जाँचको नतिजा ‘नेगेटिभ’ आएको स्रोतले जनाएको छ ।

कलंकीस्थित शर्माको घरमा सोमबार साँझ शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा गोली प्रहार भएको थियो । उक्त गोली कसले र कहाँबाट चलाएको भन्ने अझै खुल्न सकेको छैन ।

यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।