संसद् बैठक खुलाउन आह्वान सर्वदलीय बैठक सुरु


काठमाडौँ । लगातार अवरुद्ध हुँदै आएको संसद् बैठक सुचारु गर्न सभामुख कृष्णबहादुर महराद्वारा बोलाइएको सर्वदलीय बैठक सुरु भएको छ।

सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङलगायतको उपस्थिति रहेको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेताहरू मिनेन्द्र रिजाल लगायत सहभागी छन् । यसैगरी बैठकमा प्रतिपक्षी राजपा अध्यक्ष मण्डल राजकिशोर यादव, महन्त ठाकुर, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति रहेको छ ।

यस अघि बसेको संसदको बैठकमा नेत्रविक्रम चन्द विप्लव समूहका नेता कुमार पौडेलको हत्याको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने, बलात्कारपछि मारिएकी निर्मला पन्तका अपराधी पत्ता लगाउनुपर्ने लगायतका माग राख्दै कांग्रेस र राजपले संसद अवरुद्ध गर्दै आएको छ ।