१२ वर्षीय बालकद्वारा टाईको पासो लगाएर आत्महत्या


भक्तपुर । भक्तपुरमा एक १२ वर्षीय बालकले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सूर्यविनायक नगरपालिका ७ गुण्डु बस्ने राजु खतिवडाका १२ वर्षीय छोरा सन्देश खतिवडा रहेको प्रहरीले जनाएको छ ।

सन्देशले बुधबार साँझ आफ्नै घरको दोस्रो तलामा रहेको काठको दलिनमा स्कुल ड्रेसको टाईको पासो लगाएर आत्महत्या गरेका छन् । दलिनमा झुण्डिरहेको अवस्थामा भेटेपछि बुबा राजुले पासो फुकाई उनलाई मध्यपुर अस्पताल पुर्याएका थिए ।

बालकलाई बेलुकी ६ बजे मृत घोषित गरिएको थियो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनएको छ ।