राजकोटको एनसेल टावरमा आगजनी


सिर्जना पन्त, बागलुङ । बागलुङको निसिखोला गाउँपालिका–७ राजकोटमा रहेको एनसेलको टावरमा साउन १५ गते राति अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

एनसेलको टावरमा आगजनी भएको भन्दैं स्थानियले बिहीबार विहान इलाका प्रहरी कार्यालय झिवाखोलामा जानकारी गराएपछि पुगेको प्रहरी टोलीले टावरको एउटा सिस्टम बक्स पूर्णरुपमा जलेर नष्ट भएको र टावरको एन्टिना सम्म क्षती पुगेको बताएको छ ।

कस्ले र किन एनसेलको टावरमा आगो लगायो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्सपेक्टर रामभक्त भट्टराईले जानकारी दिए ।