रौतहट । रौतहटको वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुईजनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहका चन्द्रपुर नगरपालिका ४ चन्द्रनिगाहपुर टेकान टोलका स्थानीय मानबहादुर वाइवा र रामबहादुर घिसिङ रहेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ टेकानटोलस्थित घरमा खानतलासी गर्दो एक थान स्वचालित पेस्तोल, एक थान नलकटुवा पेस्तोल र १० राउन्ड गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ । हिंसात्मक गतिविधि सञ्चालन गरेको दावी गर्दे पैहरीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया