अब पनि विकास नगरे देश पछि पर्छः झलनाथ खनाल

0
Shares

इलाम ।
पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालले मुलुक अहिले बिकासको चरणमा रहेको बताउनु भएको छ । यो समयमा बिकासका कामहरु गर्न नसके देश सधैं पछि पर्ने धारणा ब्यक्त गर्नुभयो । बुधबार इलाम सूर्योदय नगरपालिकाको आर्थिक बर्ष ०७६÷०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण गर्दै नेता खनालले संविधान विकासको जग भएकोले अब मुलुकमा विकासको गतिले फड्को मार्ने उल्लेख गर्नुभयो ।

‘संविधान निर्माणपछि जनतालाई अधिकार सम्पन्न बनाएको र प्रगतिको मार्ग देखा परेको छ’ खनालले भन्नुभयो ‘अब पनि बिकास गर्न नसके देशले बिकासको मुहार फेर्न धेरै पर्खनुपर्छ ।’ नेता खनालले देशमा तलदेखि माथिसम्म भ्रष्टचार मौलाएको छ । यसको नियन्त्रणका निम्ति तिनै तहका सरकार गम्भिर ढंगबाट लाग्न जरुरी रहेको छ ।

फरक एक प्रसङ्गमा नेता खनालले सञ्चार माध्यममा आएजस्तो नेकपाको स्कूल बिभागमा कुनै बिबाद नरहेको स्पष्ट पार्दै केही बिभागमा बिवाद भएपनि त्यो सामान्य रहेको र चाँडै मिल्ने बताउनुभयो ।

सोही कार्यक्रमको अवसर पारेर नगरपालिकाले सूर्योदय नगरपालिकामा जन्मेर बिभिन्न क्षेत्रमा योगदान पुरयाउने बरिष्ठ पत्रकार दूर्गानाथ शर्मा सहित एकदर्जन बढी ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।