सरकारको असंवैधानिक गतिविधिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र मार्दै

0
Shares

भक्तपुर ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं सांसद पुष्पा भुसालले सरकारको असंबैधानिक गतिविधिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र मदै{ गएको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला काय{ समिति भक्तपुरले आज आयोजना गरेको सरकारले ल्याएका जनबिरोधी बिधेयक बिरुद्धको जानकारी सभा तथा खिर खाने काय{क्रममा बोल्दै नेतृ भुसालले सो कुरा बताउनुभएको हो ।उहाँले नेपाल कम्युनिस्ट पाटी{का संबिधान बिरोधी कदमका कारण लोकतन्त्र खतरामा परेको टिप्पणी गदै{ लोकतान्त्रिक गणतन्त्रप्रति कम्युनिस्टलाई विश्वास नभएको बताउनुभयो ।

सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीबाटै प्रणालीमाथि खतरा उत्पन्न भएको बताउँदै बिधी र कानुन मिचेर सबै शक्ति आफ्नो हातमा लिने प्रधानमन्त्रीको कदम संघीयता विरुद्ध भएको बताउनुभयो ।उहाँले प्रधानमन्त्री केपी शमा{ ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गएको आरोप लगाउँदै आफ्नै मन्त्रीलाई समेत विश्वास नगरेर मन्त्रीको अधिकार खोसेर आफै मातहत ल्याउन खोजेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीले राजस्व, गुप्तचर, अख्तियार जस्ता निकायलाई आफू मातहत ल्याउन खोजेको र स्वन्त्र न्यायालयमा समेत हस्तक्षेप गन{ थालेको आरोप लगाउनुभयो ।उहाँले भन्नुभयो,‘संसदमा एकपछि अको{ विधेयक संघीयताको विरुद्धमा, संविधानको विरुद्धमा,स्वतन्त्र न्यायपालिकाको विरुद्धमा र प्रेस स्वतन्त्रताको विरुद्धमा आइरहेका छन्,यस प्रति सबैले चनाखो भएर बिरोधमा एकै स्वर बुलन्द गनु{पछ{ ।’

सरकार जनताका स्वतन्त्र सँस्थाहरुको अधिकार खोस्ने पक्षमा देखिएको आरोप लगाउँदै उहाँले दुईतिहाइ प्राप्त सरकारबाट जनताले गरेको आशा निरासामा परिणत भएको बताउनुभयो ।उहाँले सरकारले संसदमा दता{ गराएको सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र विज्ञापन सम्बन्धी विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मूल्यमान्यता र संविधान विपरित भएको बताउनुभयो ।

उहाँले मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएको महशुस जनताले गरिरहेको बताउनुभयो । उपगुटका कुरा छाडेर एकजुट हुनुपने{ बताउँदै एकजुट भएर हिँड्ने हो भने कांग्रेसलाई कुनै शक्तिले पनि पराजित गन{ सक्दैन भन्नुभयो ।उहाँले काग्रेस भित्रको अविश्वासलाई अब हटाएर जानु पने{ बताउँदै पाटी{लाई एक ढिक्का र मजबुद बनाएर अगाडि बढ्नु पने{मा जोड दिनुभयो ।

काय{क्रममा कांग्रेस जिल्ला सभापति दुल{भ थापाले जिल्लाका नेता काय{कता{लाई एकताबद्ध हुन आग्रह गदै{ आफू त्यो पहलमा सकृय रहेको बताउनुभयो ।उहाँले भक्तपुरमा बिकासको ठूलै हल्ला गरिए पनि त्यसले जनतालाई कति सेवा दियो त्यसको लेखाजोखा समयले गने{ बताउनुभयो ।काय{क्रममा कांग्रेस जिल्ला निबत{मान सभापति गणेशमान चक्रधर, उपसभापति हरी नेपाल,सचिब उद्धब सिलवाल,१ नम्बरका क्षेत्रीय सभापति जीवन खत्री, २ नम्बरका क्षेत्रीय सभापति नारायणभक्त खायमली लगायतले सरकार संविधानले दिएको अधिकारलाई नै नियन्त्रण गरेर अगाडि जान खोजेको आरोप लगाउनुभयो ।