१० हजार घुससहित नायव सुब्बा रंगेहात पक्राउ

0
Shares

बारा ।
घुस लिएको रकमसहित जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सनोज महतो बुधवार पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा क्षेत्रीय कार्यालयको टोलीले महतोलाई सेवाग्राहीसंग लिएको १० हजार नगद सहित रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीसंग मुद्दा पेशीमा चढाइदिन्छु भन्दै सनोजले सो रकम घुस लिएको आरोप अख्तियारको छ । सनोज जिल्ला प्रशासन कार्यालय बाराका मुद्दा फाँटका कर्मचारी हुन ।