राज्यमन्त्री मण्डलको गृह जिल्ला सिरहामा उज्यालो अभियान तीव्र

0
Shares

मनोज बनैता, सिरहा ।
प्रदेश २ का उधोग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल द्वारा सिरहामा उज्यालो अभियानको थाल्नी भएको छ । मन्त्री मण्डल ले आफ्नै निर्वाचन क्षेत्रबाट यो अभियानको थाल्नी गरेका छन ।

राज्य मन्त्रीले भने प्रदेशसभा निर्बाचन क्षेत्र नं. ४ (ख) मुख्यतः ग्रामीण बसोबासले भरिएको विशुद्ध गाउँले परिबेश हो । यहाँका जनताहरु बिधुतिय उर्जामा निर्भर छन, जुन आफै आत्मनिर्भर हुन सकेका छैनन । छिन छिनमा बत्ती कट्ने (लोडसेडिङ) प्रकोप जारी नै छ । यहि आक्रान्त अबस्थाबाट थोरै भएपनि राहत स्वरुप मैले गाउँ उज्यालो अभियान थालनी गरेको छु ।

यस अभियानको पहिलो चरणमा गाउँको चौक चौराहा, हटिया र सार्वजनिक स्थलहरु उज्यालो पार्ने सोचका साथ टोलटोलमा पर्नेगरी जम्मा ३७ स्थानमा बैकल्पिक उर्जा ९सोलार बत्ती० जडान गरिएको जानकारी प्राप्त भएको छ । साँझमा आफै बल्ने र बिहान आफै निभ्ने सेन्सरयुक्त यस सोलार प्रणालीमा डबल लाइट,डबल सोलार प्यानल र हाई क्वालिटी ड्राई ब्याट्री जडान गरिएको मन्त्री मण्डल ले भने ।

उनको अनुसार ब्याट्रीको पाँच बर्ष र बाँकी पोल,प्यानल र लाइटको पच्चीस बर्षको ग्यारेन्टी सोलार कम्पनी समृद्ध नेपालले दिएको छ । आगामी दिनमा गाउँ उज्यालो अभियान अन्तर्गत सोलार जडान कार्यक्रमलाई टोलटोलमा पुर्याउने वहाँको लक्ष्य रहेको छ ।