घन्काइदेऊ मादलु नाच्छु घुमेर

0
Shares

तीज पर्व नजिकिएसँगै तीजसम्बन्धी विभिन्न गीत बजारमा आइरहेका छन्। यसैबीच गायिका तथा सञ्चारकर्मी मञ्जु पौडेलले पनि कामकाजी महिलाको व्यस्तताको विषयलाई लिएर यस वर्षको तीज गीत नाच्छु घुमेर सार्वजनिक गरेकी छन्।

मञ्जुको स्वर रहेको गीतमा दिग्गज धौरालीकोे शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ। काम भन्दै गयो मेरो आधी उमेर घन्काइदेऊ मादलु नाच्छु घुमेर भन्दै उनले व्यस्त जीन्दगी बिताइरहेका महिलाको तीजमा रमाइलो गर्ने योजना समेट्दै गाएकी छिन्। गीतको म्युजिक भिडियोमा गायिका मञ्जुको साथमा सञ्चारकर्मी अनिशा पौडेलले नृत्य गरेकी छन् भने मञ्जुकी आमाले पनि अभिनय गरेकी छन्।
गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् भने छायांकन सौरभ लामा र सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।