एक्सनमा रे

0
Shares

आगामी साउन २४ गते अल नेपाल रिलिजम हुने फिल्म रेको मंगलबार ट्रेलर सार्वजनिक गरिने भएको छ। ट्रेलरमा अभिनेता सुनील थापा डनका रूपमा देखिएका छन्। फिल्मका अभिनेता दिवस धिताल र अभिनेतृ सुजाता थापाबीचको प्रेम सम्बन्धमा सुनील थापा बाधक बनेको ट्रेलरमा देखिन्छ। ट्रेलरअनुसार नवअभिनेता दिवस फिल्ममा एक्सन अवतारमा प्रस्तुत भएका छन्। ट्रेलरलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको हो। दिनेश पौडेलको लेखन निर्देशन रहेको फिल्म रे एक्सन जनरामा छ। एक्सनसँगै सामाजिक प्रेम कथामा फिल्म आधारित भएको निर्माण पक्षको कथन छ।

राजेन्द्र त्रिपाठीद्वारा निर्मित फिल्ममा सुनील थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाइली, रक्षा गुरागार्इं, अभिषेक जोशीको अभिनय छ। फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ। फिल्ममा ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, कुमार श्रेष्ठको द्वन्द्व निर्देशन, महेन्द्र थापाको छायांकन र रमेश बिसुंखेको सम्पादन रहेको छ।