आज साउन १५ खिर खाएर मनाईँदै, यस्ता छन् खिरका फाइदा !


न्युज अफ नेपाल, काठमाडौँ ।
आज साउन १५ गते अर्थात खिर खाने दिन । मुलुकका विभिन्न स्थानमा यस दिनलाई विशेष महत्वका साथ खिर खाएर मनाइने गरिन्छ ।चामल, दूध, नरिवल, चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ । खीर उच्च क्यालोरी भएको खाना हो ।

यस्ता छन् खीरका फाइदा
डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त हुन्छ ।

साउन महीनामा झरी पर्ने भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि दूधबाट बनेको खीर लाभदायक हुन्छ किनभने खीरले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाइन्छ यसका साथै गाईको दूधबाट बनाएको खीरबाट भिटामिन ‘ए’ पर्याप्त मात्रामा पाइन्छ । पाचन प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पाचन प्रक्रिया सहज हुने गर्दछ ।