साइप्रस पठाउने भन्दै ठगी गर्ने १ महिला पक्राउ


काठमाडौँ । साइप्रस पठाइदिने भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका ३ सितापाइलाकी ४३ वर्षीया पुनम नेपाली रहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

पुनमले १० वर्षअघि साइप्रस पठाइदिने भन्दै एक व्यक्तिबाट साढे १० लाख रुपैयाँ लिएकी थिइन् । वैदेशिक रोजगार न्यायधीकरणले २०६९ असार ३१ गते गरेको फैसला अनुसार नेपालीलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना र पीडितलाई हर्जना वापत १५ लाख ७५ हजार रुपैयाँ दिनुपर्ने थियो।

फैसला भए लगत्तै उनी फरार भएकी थिइन्। पक्राउ परेकी पुनमलाई फैसला कार्यान्वनका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको सिआइबीले जनाएको छ।