इटहरी । सुनसरी नापी कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् । सर्वेक्षक मागैन महतो र लेखापाल रामनारायण कोदारलाई नगद ११ हजार रुपैँया घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पक्राउ गरेको हो ।
नक्सा पास गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा उनीहरु पक्राउ परेका छन् । यस विषयमा थप अनुसन्धान चलिरहेको अख्तियार टोलीले जनाएको छ ।
प्रतिक्रिया