पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त, ४ बजे सपथ


काठमाडौं । नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका थिए ।

सपथग्रहण कार्यक्रम बुधबार दिउँसो ४ बजे तय भएको स्रोतले जनाएको छ ।