गाँजासहित दुई युवक पक्राउ


सर्लाही । सर्लाहीमा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका–६, घुर्कौलीका ३२ वर्षीय रामबहादुर जिम्बा र सिन्धुली जिल्लाको मरिण गाउँपालिका–३ का २८ वर्षीय रुपेश मोक्तान रहेका छन् ।

नयाँरोड–मधुवनी सडक हुँदै बा९३प ८६१ नम्वरको मोटरसाइकलमा भारततर्फ गाँजा लिएर जाँदै गर्दा उनीहरुलाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।