संसदमा कांग्रेस र राजपाको नाराबाजी


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले बुधबार बसेको संसद बैठकमा पनि विरोध जनाएका छन् । सर्लाहीमा मारिएका विप्लव समुहका जिल्ला इन्चार्ज कुमार पौडेलको ‘हत्या’ छानबिन गर्न माग गर्दै दुई दलका सांसदहरूले बैठक सुरू हुनासाथ नाराबाजी गरेका छन्।

यसअघि सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि दुई दलका सांसदहरूले नाराबाजी गरेपछि बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको थियो ।