झापामा मुद्दा फैसला भएका २१ सय ९१ अभियुक्त फरार


उत्तम नेपाल, भद्रपुर । झापा जिल्ला अदालतबाट मुद्दा फैसला भएका मध्ये २१ सय ९१ जना अभियुक्त अझै फरार रहेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहरिएका उनिहरुलाई आर्थिक वर्ष ०७५।७६ को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको छ । उनिहरुलाइ तोकिएको कैद तथा दण्ड जरिवानाको फैसला भइसकेको छ । फरार रहेका अभियुक्तबाट करोडौ रुपैँया जरिवाना समेत असुल गर्न बाँकी देखिएको अदालतको तथ्याङ्कमा उल्लेख छ ।

अदालतबाट मुद्दा फैसला भएका मध्ये आर्थिक वर्ष ०७४।७५ को असार मसान्तसम्मको तथ्याङ्कले २७ सय ९७ जना अभियुक्त फरार रहेको देखाएको थियो भने ०७५।७६मा ३७ सय ७३ जना फरार थिए । यो सङ्ख्या घटेर चालु आर्थिक वर्ष ०७६।७७ मा २१ सय ९१ रहेको छ । यो १४ सय ३१ वटा मुद्दामा फरार रहेको अदालतका तहसिलदार टीका प्रसाद नेपालले जनाउँनुभयो । अदालतमा आर्थिक वर्ष ०७५।७६ मा १५ सय ८२ जना पक्राउ परिसकेको तहसिलदार नेपाल बताउनुहुन्छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहरिएका उनिहरुलाई तोकिएको कैद तथा दण्ड जरिवानाको फैसला भइसकेको छ । फरार रहेका अभियुक्तबाट करोडौ रुपैँया जरिवाना समेत असुल गर्न बाँकी देखिएको नेपालले बताउँनुभयो । कुन मुद्दामा कती र कस्ता प्रकृतिका हुन भन्ने बारे छुट्टाउन नसकिने उहाँको भनाइ छ ।

अदालतले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिम्मेवारी सरेर आएको सहित ०७५।७६ मा १५ सय ८२ जनालाइ पक्राउ गरि जरिवाना असुल गरिएको उहाँले बताउँनुभयो । गत आर्थिक वर्ष ०७४।७५ मा ३२ सय ९५ जना फरार देखाएको थियो । जसमध्ये ४ सय ९८ जनालाइ पक्राउ गरी जरिवाना असुल गरिसकेको तहसिलदार नेपालले जनाउँनुभयो ।

पक्राउ गरेर असुली गर्न अदालतले अभियान चलाएको उहााको भनाइ छ । विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरी जरिवाना तोक्ने गरेको उहााले बताउँनुभयो । वार्षिकरुपमा हुने करोडौं रुपैया जरिवाना देखिएपनि असुल भने थोरैमात्र हुने गरेको छ । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयबाट तराइका जिल्लामा गठित विषेश अभियान अन्र्तगत अदालत कर्मचारीको नेतृत्वमा प्रहरी टोलीले पक्राउ गरी असुल उपर गराउने कार्यलाइ निरन्तरता दिएको अदालतले जनाएको छ । गाउँघरबाट पक्राउ गरी ल्याएका र पूरानो जिम्मेवारी अनुसार रकम असुल हुदै आएको अदालतको तथ्याङ्कले देखाएको छ ।