खेतमा पानी लगाउने विषयमा विवाद हुँदा १ को मृत्यु


गुल्मी, अनिल खत्री । गुल्मीमा गएराती खेतमा पानी लगाउने क्रममा बिवाद हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको माुसिकोट नगरपालिका वडा नम्बर ३ नौघाटे खेतमा पानी लगाउने क्रममा ४५ वर्षिय लक्ष्मण कुमालले धारिलो हतियारले हानेर ५० वर्षिय मोतिलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताउनु भयो ।
बुधवार राती खेतमा पानी लगाउने क्रममा दुइजना बिच बिवाद हुँदा धारिलो हतियारले हानेर मोतलिालको खेतमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले लक्ष्मणलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नयव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताउनु भयो ।
वामी प्रहरीले नियन्त्रमा लिएर बयान लिने क्रमममा हसियाले हानेर मारेको स्वीकार गरेको घलेले जानकारी दिनुभयो । प्रहरीको नियन्त्रणमा रहेका लक्ष्मणलाई जिल्ला प्रहरी कार्यालय ल्याइदैँ छ ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।