देश चलाएको मान्छेले विभाग चलाउन कुनै अप्ठ्यारो हुँदैनः झलनाथ खनाल


भद्रपुर ।
पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको स्कुल विभागका बारेमा मिडियाले विवाद झिकेको आरोप लगाउँनु भएको छ । गृहजिल्ला इलाम जाने क्रममा मङ्गलबार झापाको बिर्तामोडमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनाले लेपार्टीको स्कुल बिभागमा आफु पनि आकांक्षी रहेको बताउँनु भयो । उहाँले स्कुल बिभागका लागि आफु तयार रहेको समेत खुलासा गर्नुभयो ।

बिभागको सन्दर्भमा पार्टीमा कुनै बिवाद नरहेको दाबी गर्नुभयो । मिडियाले स्कुल बिभागलाई बिवाद भन्दै प्रचार गरे, खनालले भन्नुभयो –‘तपाई झापाली पत्रकार साथीहरु कान ठाडो बनाएर सुनिरहनु भएको छ ।’

खनालले स्कुल बिभागका लागि ईश्वर पोखरेल, नारायण काजी श्रेष्ठ र आफुसमेत योग्य रहेको बताउँनुभयो । पार्टीले स्कुल बिभाग मलाई दियो भने किन नलिने ? प्रश्न गर्दै खनालले ‘नाइ मलाइ त्यही केटी चाहिन्छ भन्ने गित जस्तो, त्यही बिभाग चाहियो चै भन्दिन ।’ देश चलाएको मान्छेले बिभाग चलाउन कुनै अप्ठ्यारो नहुने तर्क अघि सार्नुभयो ।

स्कुल बिभागका बारेमा मिडियामा फैलिएको भ्रममा नपर्न आग्रह समेत गर्नुभयो । सोचेभन्दा जटिल तथा चुनौतीपुर्ण भएका कारण पार्टी एकता प्रक्रिया लामो समयसम्म लागेको उहाँले बताउँनुभयो । सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्चलगायतका पार्टीका संगठनहरु निर्माण गर्न बाँकी रहेको उहाँले बताउँनुभयो । यद्यपी एकतामा लामो समय लागेका कारण नेपालको कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको उहाँको भनाइ थियो ।