सिंगटी उत्तरका वासिन्दा अस्थाई नाकाबन्दीमा


चिरञ्जीवी मास्के, दोलखा ।
गौरीशङ्कर÷अत्यधिक बर्षाका कारण सडक, गोरेटो तथा घोरेटोबाटो र झोलुङ्गे पुलमा पहिरोले क्षति पु¥याउदा दोलखाको सिंगटी उत्तरका वस्तिहरु अस्थाई नाकाबन्दिमा परेका छन् ।

गौरीशङ्कर गाँउपालिकाको वडा नम्बर ७ मार्वु र वडा नम्बर ८ खारे जोड्ने झोलुङ्गे पुल पहिरोले क्षतिग्रस्त हुदा सडकबाट १० मीनेट भित्र पुगिने वडा नम्बर ८ खारेको थारवालीङ, फाक्ची, साईढिङका वस्तिहरुमा पुग्न एक घण्टा भन्दा बढी समय लाग्ने गरेको थारवालिङका स्थानिय रमेश थामीले बताउनु भयो । एक ढेड घण्टा हिड्दा पनि ठाँउ ठाँउमा माथिबाट पहिरो खस्ने भएकोले अत्यधिक जोखिम रहेको रमेशको भनाई छ ।

वडा नम्बर ८ खारेकै एकराते पुलमा क्षति पुगेपछि ज्यामीरे कसरीका एक सय घर परिवारका मानिस पनि जोखिम मोलेर गन्तव्य पुग्न बाध्य हुनु परेको ज्यामीरेका स्थानिय नवराज खड्काले बताउनु भयो । पहिरोले सडक, पुल र गोरेटो बाटोहरुमा क्षति पुगेपछि दैनिक उपभोग्य सामानको मूल्य समेत आकाशीयको थारवालीङका सुरेश थामीले गुनासो गर्नु भयो ।

पहिरोका कारण गौरीशङ्कर गाँउपालिका वडा नम्बर ६ र ७ का २८ घर परिवारका ८० जना विस्थापित भएको र उनीहरु विद्यालय तथा व्यक्तिको घरहरुमा आश्रय लिई बसिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताउनु भयो ।

दोलखाको उत्तरी केन्द्र सिंगटीबाट गौरीशङकर गाँउपालिकाको कोप्लाङसम्म पुग्ने १८ किलोमीटर सडकको झण्डै १० किलोमीटर सडकमा पहिरोले क्षति पुगेको छ । सडकमा क्षति पुगी यातायात सञ्चालनमा पूर्ण रुपमा अवरोध भएपछि गौरीशङ्कर गाँउपालिकाको वडा नम्बर ५ सुरी, वडा नम्बर ६ चंखु, वडा नम्बर ७ मार्वु र वडा नम्बर ८ खारेका स्थानियलाई आवतजावत गर्न र दैनिक उपभोग्य सामग्री ढुवानि गर्न कठिन भएको छ । पहिरोले यातायात अवरुद्ध भएपछि सिंगटीको भोर्लेबाट कोप्लाङसम्म निर्माणाधिन ६ वटा हाईड्रोपावर समेत प्रभावित भएको घट्टेखोला हाईड्रोपावरका जनसम्पर्क अधिकृत ओम गुरुङ बताउनु हुन्छ । गौरीशङ्कर गाँउपालिकाको बिभिन्न खोलामा निर्माणाधिन ६ वटा हाईड्रोपावरबाट झण्डै एक सय मेगावाट विद्युत उत्पादनको अन्तिम चरणमा रहेको छ ।

सबै हाईड्रोपावरले समन्वय गरेर क्षतिग्रस्त सडक निर्माण गर्ने सहमति भएको तर पुर्ण रुपमा यातायात सञ्चालन गर्ने अवस्थामा पु¥याउन कम्तिमा २०÷२५ दिन लाग्ने ओम गुरुङ बताउनु हुन्छ ।

गौरीशङ्कर गाँउपालिकाका प्रमुख स्वयम बहादुर खड्का साउन १० गतेको अत्यधिक बर्षा र पहिरोले गाँउपालिकाका धेरै वस्ति र सडकमा क्षति पुगेको उल्लेख गर्नुहुदै पीडितलाई राहत, सडक मर्मत र जोखिममा परेका वस्ति स्थानान्तरणको लागि गाँउपालिकाले योजना बनाएर काम सुरु गरेको बताउनु भयो । पहिरोले क्षत पुगेको १८ किलोमीटर सडक मर्मतको काम हाईड्रोपावरहरुलेनै गर्ने सहमति भएको छ र पीडितलाई राहत, झोलुङ्गे पुल निर्माण तथा जोखिममा परेका वस्ति स्थानान्तरणका लागि माननिय पार्वत गुरुङको समेत उपस्थितिमा गाँउपालिकाले योजना बनाएर काम अगाडि बढाएको छ – गाँउपालिका प्रमुख खड्काले भन्नु भयो ।