जंगली हात्तीको आक्रमणबाट एक घाइते, दुई घर विस्थापित


विष्णु तिमिल्सिना, बर्दिया ।
बर्दिया जिल्लाको सुदुरपश्चिमोत्तर क्षेत्रमा अवस्थित गेरुवा गाउँपालिका वडा नं. ३ खुटेना बस्ने बर्ष अन्दाजी ७० को भर थरे थारुलाई सोही गाउँको कर्णाली नदीको किनारमा बाख्रा चराउन गएको अवस्थामा सोमबार अपरान्ह जंगली हात्ती आई आक्रमण गरी निजको छाती, बाँया कुम र हातमा चोट लागी घाईते बनाएको छ ।

घाईते थारुलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट प्र.ना.नि. गगन गिरीकोको कमाण्डमा ४ जनाको टोली उदार गरी स्थानिय मेडिकल भेरी मालिका पोलिक्निक शान्तीबजार लगिएकोमा त्यहाँ उपचार हुन नसकी थप उपचारको लागी नेपालगंज नर्सिङ होममा पठाईएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी गराउनु भयो ।

साथै सो गाउँमा हात्तिले आक्रमण गरी घर भत्काई दिएकाले दुई घरपरिवार विस्थापित भएको कुरा नेपाल रेड्क्रस सोसाईटी उपशाखा गेरुवाका सभापति दिल बहादुर बि.सि ले बताउनु भयो ।