जनप्रतिनिधिले दिए एक वर्षको सेवा सुविधा कृषकलाई


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमका एक जनप्रतिनिधीले आफ्नो एक बर्षको सेवा सुबिधाबाट कृषकलाई सहयोग गरेका छन् । मुसीकोट नगरपालिका वडा नं ३ का वडा सदस्य टेकबहादुर बिकले आफ्नो एक वर्षको तलबबाट किसानलाई कृषि सामाग्री र विद्यालयलाई नगत १० हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।
उहाँले मुसीकोट नगरपालिका ३ छेराका २० परिवारलाई टनेल तथा भकारो सुधारको लागि सिमेन्ट वितरण गरेका गर्नुभएको हो । यसै गरी जनहित आधारभुत विद्यालय माछमीका विपन्न बालवालिकालाई शैक्षीक सामाग्रीका लागी १० हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।
चुनावको बेला जनमुखी काम गर्ने बाचा खाए अनुसार आफ्नो तलव किसान र विद्यालयलाई खर्चिएको वडा सदस्य टेकबहादुर बिकले बताउनुभयो । कृषि क्षेत्रको विकास र विपन्न वालवालिकाको शिक्षाको लागि लागि आफ्नो एक वर्षको सेवा सुबिधा खर्चिएको उहाँको भनाई छ । बि.क नेपाली कांग्रेसबाट बिजयी भएका हुन् ।