श्रीलङ्कामा इस्टर आक्रमणपछि राजीनामा दिएका मन्त्रीहरू सरकारमा फिर्ता


कोलम्बो । श्रीलङ्कामा इस्टर आक्रमणपछि राजिनामा दिएका श्रीलङ्काका मुसलमान मन्त्रीहरू सरकारमा फिर्ता भएका छन् । श्रीलङ्काकाको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जारी विज्ञप्तिअनुसार उनीहरूले सोमबार राति नै राष्ट्रपतिबाट पुनः सपथ लिएका छन् ।

मन्त्रीबाट राजिनामा दिएकाभएपनि उनीहरूको समर्थन रहेका कारण सरकारलाई कुनै असजिलो नभएको सत्ताधारी दलका नेताहरूले बताएका छन् । सन् २०१९ को अप्रिल २१ गते तीन ठूला होटेल र तीनवटै चर्चमा भएका विस्फोट र बन्दूक आक्रमणमा परी परी २५९ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । उक्त घटनामा सम्लग्न रहेको आरोपमा १५० जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ भने पक्राउ परेका अन्य कैयौँलाई अनुसन्धानपछि रिहा गरिएको छ ।

श्रीलङ्काको नौ जनाको मन्त्रीपरिषद्बाट घटनाबारे सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गर्दै चार पूर्ण मन्त्री र केही सहायक मन्त्रीले राजीनामा दिएका थिए । यद्यपि उनीहरूले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएका थिएनन् ।

श्रीलङ्काका उद्योग तथा वाणिज्य मन्त्री रिसाद बाथुउद्दिनमाथि पनि सम्लग्नताको आरोप लागेको थियो । रिसादप्रति ऐक्यवद्धता जनाउन त्यहाँका मुसलमान मन्त्रीले राजिनामा दिएका थिए । मन्त्री रिसादको सम्लग्नताको आरोपसहित विभिन्न ३० जनाले ३००भन्दा बढी मुद्दा दाखिला गरेपछि उहाँमाथि प्रहरीले छानविन गरेको थियो । प्रहरीले छानविनबाट रसिदको सम्लग्नता पुष्टि नभएको बताइसकेको छ । रासस