२ लाख ४३ हजार सवारी साधन कारवाहीमा, १९ करोड राजस्व असुली

मापसेबाट पौने २६ लाख संकलन, ७ जनालाई सार्वजनिक मुद्दा , ६८७ जनाको लाईसेनमा प्वाल


यमलाल भुसाल, बुटवल । प्रदेश नम्बर पाँचमा प्रदेश ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम विपरित संचालन गरिएका विभिन्न सवारी साधनलाई कारवाही गरि १८ करोड ७७ लाख ८२ हजार ७५० रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७५। ०७६ मा ट्राफिक नियम विपरित संचालन गरिएका २ लाख ४३ हजार ७५६ वटा सवारी साधनलाई कारवाही गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७४ ।०७५ को तुलनामा वितेको आर्थिक वर्षमा प्रदेशमा सवारी साधनलाई कारवाही र राजस्व संकलनमा वृद्धि भएको छ ।
यद्यपी ट्राफिक प्रहरीको धेय राजस्व असुली भन्दा पनि दुर्घटनामा न्युनिकरण र ट्राफिक नियमको पालनामा जोड दिनु नै हो । प्रदेश पाँचका १२ जिल्लामा आर्थिक वर्ष २०७५। ०७६ मा ९१ ह्जार ८ सय ४६ वटा ट्रकलाई कारवाही गर्दा ५ करोड ४७ लाख ५० हजार ५ सय राजस्व संकलन गरिएको छ ।

त्यस्तै २३ हजार ८२९ वटा बसलाई कारवाही गरि १ करोड ४० लाख १५ हजार राजस्व संकलन भएको छ भने ३६ हजार ८४५ वटा जिपकारलाई कारवाही गरि २ करोड ४७ लाख १ हजार राजस्व संकलन गरिएको छ । त्यसैगरि २९ हजार ३३० वटा टेक्टरलाई कारवाही गर्दा १ करोड ६९ लाख ६५ हजार राजस्व संकलन भएको छ ।

त्यस्तै ५५ हजार ८४ वटा मोटरसाइकिललाई कारवाही गर्दा ३ करोड ३७ लाख २८ हजार रुपैयाँको राजस्व संकलन भएको छ भने ६ हजार ८२२ वटा टेम्पोलाई कारवाही गरिएकोमा ४२ लाख ९३ हजार ५ सय रुपैया राजस्व संकलन भएको प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालय बुटवलका संचार संयोजक प्रहरी नायव उपरिक्षक राम प्रकाश शाहले बताउनु भयो ।

जस अनुसार पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले २५ हजार १३२ वटा सवारी साधनलाई कारवाही गरि १ करोड ५६ लाख ३३ हजार ५ सय, रुपन्देही जिल्लाले ४९ हजार ६ सय वटा सवारी साधनलाई कारवाही गरी ३ करोड ५ लाख १२ हजार रुपैया राजस्व संकलन गरेको जनाएको छ ।

त्यस्तै पश्चिम नवलपरासीले २३ हजार ४८१ वटा सवारी साधनलाई कारवाही गरि १ करोड ४० लाख १६ हजार र कपिलवस्तुले २७ हजार ४२९ वटा सवारी साधनलाई कारवाही गरि १ करोड ५७ लाख १६ हजार राजस्व संकलन गरेको छ ।

पाल्पा जिल्लाले १५ हजार ८४ वटालाई कारवाही गरि ९१ लख १९ हजार ५ सय र गुल्मी जिल्लाले ६ हजार ३८९ वटा सवारी साधनलाई कारवाही गरि ३९ लाख ७ हजार रुपैया राजस्व संकलन गरेको छ ।

त्यस्तै अर्घाखाँचीले ५ हजार ९५० वटा सवारी साधनलाई कारवाही गरि ३६ लाख ८४ हजार ५ सय र दाङजिल्लाले ३४ हजार ५०९ वटा सवारी साधनलाई कारवाही गरी २ करोड १३ लाख ५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।त्यस्तै बाँके जिल्लाले ३१ ह्जार ६६७ वटा सवारी साधनलाई कारवाही गरी १ करोड ६९ लाख ९० हजार र बर्दिया जिल्लाले १४ हजार १७४ सवारी साधनलाई कारवाही गरी ७९ लाख ११ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी प्युठान जिल्लाले ६ हजार ४७५ वटा सवारी साधनलाई कारवाही गरी ३५ लाख ७ हजार, रोल्पा जिल्लाले २ हजार ८५३ वटा सवारी साधनलाई कारवाही गरी १५ लाख २२ हजार र रुकुम पुर्व जिल्लाले ५९१ वटा सवारी साधनलाई कारवाही गरी ३ लाख ७० हजार रुयैयाँ राजस्व संकलन गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रदेश पाँचमा वितेको १ वर्षमा २ हजार ५७३ जनालाई मापसेमा कारवाही गरी २५ लाख ७३ हजार र सिटवेल्ट नलगाएका ३ हजार ३४४ जनालाई कारवाही गरी १८ लाख ८१ ह्जार रुपैयाँ राजस्व संकलन गरिएको जनाएको छ ।

त्यस्तै गती विपरित सवारी साधन चलाएका ५ हजार ५३९ जनालाई कारवाही गरी ३६ लाख २० हजार र ओभरलोड बोकेका ४० हजार ८४५ वटा सवारी साधनलाई कारवाही गरी २ करोड ९२ लाख ६७ हजार ५ सय राजस्व संकलन भएको छ । त्यस्तै छतमा यात्रु राखि संचालन गरेका १ सय ११ सवारी साधनलाई कारवाही गरी ९५ हजार ७५०, सडक लेन अनुशासन विपरित संचालन गरेका २ हजार ४१६ सवारी साधनलाई कारवाही गरी १४ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

प्रदेशमा वितेको १ वर्षमा ६८७ जनाको चालक अनुमतीपत्रमा प्वाल पारिएको र ७ जनालाई सार्वजनिक मुद्दा चलाईएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक मधुसुदन लुईटेलले बताउनु भयो ।