चितुवाको छालासहित २ पक्राउ


कैलाली । केलालीमा चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी बडीकेदार गाउँपालिकाका २३ वर्षीय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका १ का ३२ वर्षीय रामबहादुर विष्ट रहेका छन् ।

विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका ४ बाट चितुवाको दुई थान छालासहित थापा र विष्टलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धान र कारबाहिका लागि डिभिजन वन कार्यालयमा पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको
छ ।