चरेशसहित विमानस्थलबाट १ बेलायती नागरिक पक्राउ


काठमाडौं । अवैध लागूऔषध चरेशसहित त्रिभुवन विमानस्थलबाट एक बेलायती नागरिक पक्राउ परेका छन् ।

काठमाडौंबाट बैंकक जान लागेका राहदानी नम्बर ५५४०६४३९८ वाहक इयान जर्ज पाउल पक्राउ परेका छन् । उनी ३ सय ४९ ग्राम चरेशसहित हेण्डब्यागेज चेकिङ एरियामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान र कारवाहीको लागि पाउललाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा पठाईएको छ ।