क्लब डेजाभूका सञ्चालक श्रेष्ठ पक्राउ


काठमाडौँ ।  दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालक मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति हङकङबाट काठमाडौं आइपुगेका श्रेष्ठलाई त्रिभुवन विमानस्थलमा अध्यागमन विभागले पक्राउ गरी प्रहरीलाई बुझाएको हो ।

बैंकिङ कसूर तथा ठगीमा लामो समयदेखि फरार रहेका उनलाई हङकङ प्रहरीले दिएको सूचनाको आधारमा प्रहरी पक्राउ गरेको हो । प्रहरीका अनुसार दुई करोडको चेक बाउन्स मुद्दा र तीन करोड पचास लाख ठगी मुद्दामा श्रेष्ठ प्रहरी खोजीमा रहेका थिए ।

क्षेष्ठलाई सोमबार उच्च अदालत लगिएकोमा मुद्दा हेर्दाहेर्दैमा समय सकिएपछि पुनः मंगलबार लगिएको प्रहरीले बताएको छ ।