विप्लव नेतृत्वको युवासंघका कोषाध्यक्ष पक्राउ


धनवीर दाहाल, रुकुम । विप्लव नेतृत्वको युवा संगठन रुकुम पश्चिमका कोषाध्यक्ष कुवेर ओली पक्राउ परेका छन् । आठविसकोट नगरपालिका वडा नम्बर ९का वलीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले वडा नम्बर ११ चौर बाट पक्राउ गरेको हो ।

डोल्पाका व्यापारीहरु बाट चन्दा असुली गरिरहेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका वली माथी आवश्यक अनुसन्धान भैरहेको डिएसपी खड्काले बताउनुभयो ।
यसैविच, युवा संगठन नेपाल,रुकुम पश्चिमले पक्राउ परेका युवा संगठनका कोषा अध्यक्ष वलीलाई निशर्त र स–सम्मान रिहाई गर्न माग गरेको छ ।

युवा संगठनले विज्ञप्ती जारी गरी पक्राउ परेका वलीलाई रिहाई गर्न माग गरेको हो । गिरफ्तार वलीलाई निसर्त र ससम्मान रिहाइ नगरे गिरफ्तारि र धरपकडको उचित जवाफ उचित समयमा दिने युवा संगठनका जिल्ला अध्यक्ष लय सहानीले चेतावनी दिनु भएको छ ।